डेँगी के हो ? लक्ष्णहरु के हुन ? कसरी सर्छ ? संक्रमणबाट कसरी बाँच्ने ?

 

डेँगी के हो ?  



एडिस एजिप्टाई पोथी प्रजातिको लामखुट्टेको टोकाईवाट हने संक्रमाण डेँगी हो । यो प्रजातिको लामखुट्टे डेँगी बाहेक चिकुनगुनिया, जिका ज्वरो, मायरो, यल्लो फिभर साथै अन्य रोगहरुका संवाहक पनि हो । यसलाई हाम्रो जस्तो वातावरण तथा तापक्रममा बच्चा हुर्काउन अनुकुल रहेको हुन्छ । साथै प्रिमनसुनसगैँ (र्माच, अर्पिल, मे, मिड जुन) देखा परेको डेङीँ पोस्ट मनसुनसगैँ (अगष्ट, सेप्टेम्वर, अक्टोबर, नोभेम्बर र मिड डिसेम्वर) यसको संक्रमण बढ्ने संम्भावना बढी देखिन्छ । दोस्रो विश्व युद्धको समयदेखि विश्वव्यापी रुपमा समस्या बनेको डेगीँ हाल विश्वको ११० देशहरुमा व्याप्त छ ।

एडिस एजिप्टाई कसरी चिन्ने ?

यो लामखुट्टे सानो र निखर कालो हुन्छ र यसलाई चिन्ने पहिलो आधार भनेको यसको खुट्टा र शरिरमा कालो र सेतो चिन्हहरु हुन्छन् अर्थात सामन्यतय यो बनघोडा जस्तो देखिन्छ । यो कालो र सेतो र्छिकेमिर्के हुन्छ जो सफा र स्थिर पानीमा बस्छ ।

डेगीँका लक्ष्णहरु के हुन ?

सामान्यतय डेङीँ भाइरसको संक्रमण भएको तीन दिनदेखी चौध दिनपछि यसका लक्षणहरु देखिन्छ । यस भाईरसको संक्रमण भएको करीब ८० प्रतिशत मानिसहरुमा रोगको कुनै लक्षण देखिदैनन् वा देखिए पनि हल्का ज्वरो जस्तो सामान्य खालको लक्षणहरु मात्र देखिन्छ । यसका प्रमुख लक्षणहरुमा ज्वरो आउने, टाउको दुख्ने, वान्ता हुने, मांशपेशी तथा जोर्नीहरुमा पिडा हुने, आँखाको पछाडी दुख्ने र छालामा एक प्रकारका रातो दाग देखिने हुन् । वालवालिकामा भने सामान्य रुघा तथा संक्रामक पखाला भएको जस्तै लक्षणहरु देखिने गर्दछ ।

डेगीँ कसरी सर्छ ?

डेगीँ भाइरस संक्रमित एडिस एजिप्टाई लामखुट्ट्ले टोकेमा सो संक्रमण हुन्छ । यो लामखुट्ट्ले प्राय विहान तथा दिउँसो बढी टोक्छ । चार प्रकारका डेगीँ भाइरस हुन्छन् । जुन भाइरसको संक्रमण भएको हो, त्यही अनुसारका फरक फरक असरहरु देखा पर्छन् । तर प्रकोप क्षेत्रमा फैलिरहेको लामखुट्टेले टोकेमा, प्रकोपको क्षेत्रमा भएको व्यक्तिलाई दुईपटक डेगीँ भाइरस संक्रमण भएमा कडा डेगीँ हुन्छ । यस्तो अवस्थामा उच्च रक्तचाप भएको मानिसको ज्यानसमेत जान सक्छ । डेगीँ संक्रमणबाट हुने मृत्युदर भने कम छ ।

डेगीँ सार्ने लामखुट्टे कहाँ बस्छ ?

धेरै दिन देखि जम्मा भएको कुलरको पानी, विर्को नलागेको बोटल, अन्डाको खोल, सतहमुनिको पानीको ट्याङ्की, बाल्टिन, साइकल तथा मोटरको टायर, खुला गमला लगायतका भाडाहरुमा लामखुट्टे बस्छ र त्यही लार्भा हुर्काउछ । एकपटक लामखुट्टेले डेगीँ भाइरस बोकेपछि उसले जन्माउने सबै लार्भा भाइरस सहित जन्मन्छन् । ३० देखि ४५ दिन सम्म बाच्ने यस लामखुट्टेले आफ्ने जिवनकालमा ९ पटक अण्डा पार्छ । एक पटकमा १५० भन्दा बढी अण्डा पार्ने यस लामखुट्टेले सात देखि दश जना मानिसलाई टोकेपछि अघाँउछ ।

डेगीँको लार्भा कसरि नष्ट गर्ने ?

डगीँका लार्भाहरु पानीको सतहदेखि केहि माथि भित्तामा बस्छन् । अनुकुल तापक्रम पाउने बित्तिकै लार्भा हुर्किन्छन् । हालसम्म लार्भा नष्ट गर्न पानी फ्याक्दा लार्भाहरु भाडाको भित्तामा नै रहिरहन सक्छ । तसर्थ पानी फ्याकेपछि पनि भाडा राम्ररी मिचीमिची धुनु पर्छ । भाडामा पानीहरु सकेसम्म जम्मा नगर्ने र गरे पनि राम्रोसगँ विर्को लगाउने । पानीका मुहानहरु सफा राख्ने, सुइमिङ्ग पुलहरु उचित रुपमा क्लोरिनेटिड गर्ने । खानेपानीका मिटरहरु विग्रेका छन् भने सम्वन्धित अधिकारीहरुसगँ कुरा गरेर बनाउने ।

डेगीँ संक्रमणबाट कसरी बाँच्ने ?

डेगीँबाट बच्ने भनेको डेगीँ भाइरस भएको लामखुट्ट्ेको टोकाईवाट बच्ने र यस्ता लामखुट्टेको नियन्त्रण गर्ने नै हो । पानी जम्ने भाडाहरुमा पानी जम्न नदिने र जमेका भाडाहरु समय समयमा राम्ररी सफा गर्ने । यस लामखुट्टेले दिउँसो टोक्ने भएको हुदाँ दिउँसोको समयमा बहुला भएको वा शरिर ढाक्ने लुगा लगाउने । सुत्ने समयमा झुलदानिको प्रयोग गर्ने, केटाकेटीलाई दिउँसो सुताँउदा झुलको प्रयोग गर्ने । लामखुट्टेको टोकाइबाट बच्न लामखुट्टे भगाउने मलमको पनि प्रयोग गर्न सकिन्छ । घरको झ्याल ढोकामा जाली लगाउन उपयुक्त हुन्छ । घर वरीपरी सफा राख्ने, पानी जम्ने खाल्टा खुल्टी पुर्ने। डेगीँ ज्वरो विरुद्ध कुनै खोप र खास उपचार नभएको हुदाँ लामखुट्टेको टोकाइबाट बच्नु नै यस रोगको बचावटको मुख्य उपाय हो । डेगीँ ज्वरोको शंका लागेकामा हुन सक्ने जटिलताबाट बच्न तत्काल नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ । स्वास्थ्य संस्थामा यसको लक्षण अनुसारको उपचार गरिन्छ ।

              स्वास्थ्य नै सबै भन्दा ठुलो धन हो ।

Post a Comment

Previous Post Next Post