पुर्नजन्म REINCARNATION A beautiful love story......

  मलाई थाहा छैन । मैले आज सम्म कति चोटी यो बाटो ओहोर दोहोर गरेँ । तर यति भने याद छ मैले घरबाट निस्केकै दिनदेखी मेरो साथी बनेको हो यो बाटो । यहाँका हरेक ढुङ्गा र माटोसगँ परिचित छन मेरा पाइलाहरु । जब म सानो थिएँ, मेरा दिदी दाजुहरुले तानी, तानी हातमा झुन्डाएर, कहिले बोकेर कहिले रुवादै, कहिले फकाउदैँ स्कुल लानुहुन्थ्यो । जब अलि हुर्केँ, कितावका भारी बोकेर, कहिले साथीहरुसगँ त कहिले एक्लै यो बाटोको यात्री बनेँ । मैले भरेको हाट बजार धाएको मेलापात सबै सबैका साक्षी बनेको छ यो बाटो । मेरा लागि विशेप थियो, छ र हुनेछ यो बाटो । आज साथीहरसगँ सनिबारे हाट भरेर फर्कदै थिएँ एक हुल मान्छे चौतरामा भेटेँ । उनीहरु चौतराको बर वरि परि फित्ताले नाप्दै थिए । साथीले सोधेपछि थाहा भयो यताबाट मेवा खोला हुदै पारी कार्तिके जाने बाटो बन्दै रहेछ । पिपल दल्ने भएछ, बर एक्लै हुने भयो ।

यो चौतरा मेरो घरबाट लगभग ४५ मिनेट देखि १ घण्टाको दुरीमा पर्थ्यो । त्यसैले यो बाटो भएर कतै जादा होस् या आउदाँ विसाउन निकै पायक पर्ने ठाँउ थियो । त्यो भन्दा बढी यो चौतरासगँ मेरो अजिबको साइनो थियो । म जति पटक यो चौतरामा सूस्ताउथेँ त्यती पटक एउटा अचम्मको सपना देख्थेँ । सपनामा म एउटा साथीसगँ इन्द्रेणी लागेको संसारमा डुलिरहेको हुन्थेँ । ति साथीले मेरो हात समाएर पोखरीको वरिपरि घुमाँउथिन् । पोखरी वरिपरि विभिन्न फुलहरु फुलिरहेको हुन्थ्यो । फुलहरुको माझमा एउटा सानो कुट्टी पनि हुन्थ्यो । पुतली र भवँराहरु फुलसगँ जिस्कीरहेको हुन्थ्यो, क्यानभासमा पोतिएको जस्तो निलो आकाशमा चराहरु उडिरहेको हुन्थ्यो । भर्खरै भेल सहेको खोला जस्तो शान्त त्यो संसारमा उनीसगँ डुलिरहेको म निन्द्राबाट विउँझिए पछि केही हराएँ केही गुमाएँ जस्तो हुन्थ्यो ।






मेलै यो सपना यसै चौतरा भन्दा अरु ठाँउमा कहिले कतै देखिन । साथीकोमा सुत्थेँ, मावलामा, आफन्तीमा, अहँ । यो सपना यही चौतराको पेवा थियो । फेरी यो चौतरामा यो भन्दा अरु सपना कहिले आएन । आँउथ्यो त यहि सपना दोहोरी दोहोरी । अर्को अचम्म के भने म जति हुर्कदै जान्थेँ मेरो सपनाको साथी पनि हुर्कदै जान्थ्यो । सपना सपनामै हामी बयस्क भइसकेका थियौ र मेरो लागि खास बनिसकेको थियो यो चौतरा ।
चौतरामा फित्ताले नापजाप गरको १५/२० दिनमा कच्ची मोटर बाटो बन्यो । कच्ची मोटर बाटो बनेको एक महिना जतिमा चौतरा वरिपरि तिन चार वटा झुप्रो बन्यो र झुप्रोहरुले पसलको आकार लियो । घरको बाटोलाई मोटर बाटोले काटेपछि त्यो चौबाटो बनेको थियो । हेर्दा हेर्दै यो दुइ तिन गाँउको जमघट हुने ठाँउ भयो । हामीले पनि विद्यालय आउदा जादाँ विसाउने, खाने, खल्ने ठाँउ पायौँ । प्राय साथीहरु क्यारेम खल्थे मैले भने क्यारेमसगैँ त्यो एक्ले बरको काखमा सुस्ताउने काम र सपनाको साथीलाई भेट्ने कामलाई पनि निरन्तरता दिएँ । या भनौ सपनाको अनौठो प्रेमलाई बचाई राखेँ ।
एस.एल. सि दिन सदरमुकाम लागेको दिन झुप्रोका पसले दाईहरुले बरको हागाँहरु काट्दै थिए । सोध्दा चैत्र बैशाखको हावाले हागाँ भाचिए धनजनको क्षति हुनसक्ने कारण बताए । डोजर पनि चलाउदै थियो । बाटो चौडा बनाउने भनेर...........
एस.एल.सि सकेर घर आउँदा चौतरा थिएन । त्यहाँ फराकिलो बाटो थियो र त्यसैको छेउमा महेन्द्रको बुलेरो जिप । विकास भको थियो त्यहाँ.....चौतराको विनाश भएर र सबै भन्दा बढी म रित्तिएको थिएँ । म एक्लिएको थिएँ । मैले एउटा साथी गुमाएको थिएँ ।
मैले देख्ने गरेको सपना सोच्दै घर आएँ । अब बर पनि रहेन, बाटोको विचमा सुस्ताउने कुरा पनि आएन । समग्रमा मैले एउटा साथी गुमाँए जसलाई कहिले भटेको थिइन र भटने चाहाना पनि कम भएको थिएन ।
एस.एल.सि पछिका फुर्सदिला दिनहरुमा घरको काम र पढाइको योजना बनाउदै थिएँ । एक साँझ बेँसीबाट फर्कदै गर्दा हुरहुरिदै आको दिकपाललाई भँटे, दिकपाल मेरो सहपाठी थियो । दिकपाल मलाई भेट्ने वित्तिकै भरै धामी हेर्न जानुपर्छ मेरोमा आइज है म रविन, नवे र मणिलाई डाकेर आउँछु भनेर जसरी आको थियो त्यसैगरी हुरहुरियो ।
खानापछि दिकपालकोमा पुग्दा केटाहरु अघि भेला भको रैछ । मैले जाने वित्तिकै सोधे, धामी कहाँ बस्ने हो र ? मणिले हास्दै भन्यो, तेरो भाउजुकोमा,
सुस्मिकोमा मैले जिज्ञासा राखेँ, सुस्मि हाम्रै सहपाठी थिई, झुप्रो पसल साहुकी छोरी
म चौतरामा सुत्दा दिकपाल अरुहरु क्यारेम खेल्थे मणि भने सुस्मिसगँ गफ लगाई बस्थ्यो ।
हाम्रो कक्षामा यी दुइको खुबै गफ हुन्थ्यो ।
को विरामी परेछ मैले सोधे ?
विरामी त कोही होइन, राती खुव तरसाउछ रे । तँ सुतिबस्थिस् नि, आराम गर्नु परो भन्दै, त्यो चौतराको बर राति जस्ताको तस्तै उभिरहेको हुन्छ रे । रविले एकै स्वरमा भने ।
अस्ति काट्दा पुजा विधिहरु केही गरेन होला अनि त्यस्तै हो नि । जङ्गलको देउदेउता रिसायो होला नि । मैले भनेँ, मनमनै भने डर लागीरह्यो कस्तो बरको फेदमा सुतिएछ ।
दिकपाल भान्साबाट निस्किए, लौ जाम, केटा हो विजुवा धामी को ढ्याङ्ग्रो हेरेर आम भन्यो ।
हामलाई थाहा छैन र तँ के हेर्न पुरुक पुरुक भको । नवेले हाँस्दै भने ।
नौ बजे तिर पुगिम, धामी थानमा थियो । धामीका सहयोगी थाल पिट्दै, आगोको भुक्रोमा लेकाली धुप लगाउदै थियो । धामी हेर्न आउनेलाई बस्नको लागि पराल ओछ्याइदिएको थियो । गाँउ घरमा लाग्ने मेला जस्तैथ्यो त्यो । हामी पनि परालमा बसिम् । सुस्मिको बाबा घरि घरि लौ है प्रमेश्वर साँचो साँचो भनिदिनु पर्यो । यो के भाको......भूत प्रेत, आँखी डाई, देउदेउता, लौ है प्रभु दुधको दुध पानीका पानीको छुट्याईदिनु पर्यो भन्दै थियो ।
सुस्मि बाबाको कुरा सुनेछ कि के हो धामीले, उफ्रिदै गरेको धामी शान्त भएर थानमा बस्यो । ढ्याङ्ग्रोको ताल सुस्त बन्यो सहयोगीले थाल ठटाउन छाड्यो ।
हुमंम् हह गर्दै धामी फलाक्न थाल्यो....यो हह अरु हह केही होइन मनुवा हहह सबै प्रेत आत्माको खेल हो हह हह मनुवा ...यसै बरको रुखमा हह मनुवा धेरै पहिले दुइ मान्छे हह झुन्डी मरेको हह थियो । त्यसैको खेल रैछ मनुवा हह....
केही बेरको हह पछि धामी मृत आत्माको सिङ्ग भाच्ने तरखरमा लाग्यो । परालको तातोले निद लागेछ फेरी यस्तो कुरामा साह्रै विश्वास पनि थिएन । भुसुक्क निदाइएछ ।
उनी मलाई डाक्दै थिइन् । म उनको आवज भएतिर दगुर्दै थिएँ । त्यो इन्द्रेणी लागेको संसार उस्तै थियो । बस म उनलाई भने देखिरहेको थिइन । कैले उनको आवज पोखरीबाट त कहिले डाँडाबाट आए झै लाग्थ्यो । म पसिना सरि भएर उनको आवज पछ्याउदै थिएँ । त्यतीकैमा चिसो हातले पछाडीबाट कुममा समायो फर्केर हेरेँ तिनै साथी थिइन तर रुपमा बेस्मारी कमी आएको, काली काली वर्णको, मैलो चोलीमा धोतिको सप्को बेरेको, नाकमा बुलाकी, कम्मरमा हँसिया भिरेकी......के भन्न खोज्दै थिई, झस्ङ्गै विउझिएँ ।
विउँझिदा मणि मलाई कोटाउदै रैछ छेउमा सुस्मि पनि.....एउटाले चिया र अर्कोले गिलास बोकेको रैछ । म त रणभुल्ल परेँ, सुस्मिले हाँस्दै भनिन् के हो सुत्दा पनि पुरै पसिना आउदै रैछ त । लु तातो तातो चिया पिउ भन्दे गिलास दिए ।
तलाई के भो, सँञ्चो भइन की के हो । मणिले भने, मैले खै भने, गिलास दिए, मणिले र चिया लगाई दिइृ सुस्मिले......
मैले खै केटाहरु भनेँ......केटाहरु क्यरेममा नारिसकेको रैछ, मणिले मुखैले चुच्चो पारेर देखाइदिए ।
चिया भन्दा अगाडी मुख धनु पर्यो भनेर चिया त्यही रोखेर बाहिर आँउदा, पर बाटोमा धामी र तिनको सहयोगी देखेँ । हिजोको तिनको कुरा याद आयो त्यसैले दगुरेर धामी छेउ पुगेँ र पछाडीबाट बोलाएँ, जब तिनी पछाडी फर्के मेरो आधा होस हरायो । यो मान्छेलाई मैले कतै देखेको हो तर कहाँ....कहाँ ? म घोप्टो परेर सोच्न थालेँ ।
अब तिमीले त्यो अजिबको सपना देख्दैनौ.....म झसङ्ग भएँ... धामीले आफ्ने दाह्री मुसारदै भन्यो ।
YES, बल्ल याद भो, यो मान्छे, मैले देख्ने त्यो अजिवको सपनामा हुने कुट्टीको ऋषि थियो ।
मैले सोधे के हिजो तँपाइले भन्नु भको कुरा सत्य हो ?
उसले मुस्कुराउदै भन्यो । सत्य अझ गंम्भिर छ । सुनाँऊ
म चुपचाप रहँदा हस् भनेको भान भयो होला.....धामीले सुरु गरे ।
धेरै बर्ष पहिले बरको रुखमा झुन्डेर मर्नेहरुमा केटा ब्राहमण परिवारबाट र केटी सार्की परिवारबाट थियो । उनीहरु एक अर्कालाई प्रेम गर्थे तर समाजलाई त्यो स्विकार्य थिएन । त्यसैले घाँस काट्न आउदा दुबैले एउटै डोरीमा पाँसो लगाएर मरेको हो । मर्नेमा तिमी पनि थियौ ब्राहमण परिवारबाट र तिम्रो पुर्नजन्म भइसकेको छ । त्यो अघिल्लो जन्मको प्रेमलाई सफल पार्न उनी पनि पुर्नजन्म चहान्छिन् ।
यति भनेर धामी आफ्नो बाटो लाग्यो । मेरो नजरले उसलाई पछ्याइरह्यो, पछ्याइरह्यो जब सम्म धामी कुइनेटोमा लोप भएन ।
समाप्त ।

Post a Comment

Previous Post Next Post